ह्विलचेयर टेबलटेनिसमा डिगम र लालीले जिते स्वर्ण

असार २२ गते । काठमाडौँ । डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिस स्पर्धामा स्वर्ण पदक जितेका छन् । ह्विलचेयर सिंगल्सतर्फ डिगम र लाली विजेता भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल शारीरिक अपाङ्ग टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुषमा अर्पण सुनुवार दोस्रो तथा केशव थापा र बिरु ढुंगाना तेस्रो भए । महिलामा सोनिका ढकाल दोस्रो तथा संगीता माझी र धनकुमारी घर्ती तेस्रो बने ।


जोरपाटीमा भएका प्रतियोगिताको स्टेन्डिङतर्फ पुरुष सिंगल्समा विवेक राईले स्वर्ण, स्विकृत न्यौपानेले रजत तथा सुशील गौतम र मिलन पौडेलले कांस्य जिते । सोही स्पर्धाको महिलामा पूजा सोती पहिलो, विनिता मगर दोस्रो तथा हरिकला भण्डारी र अनु थापा तेस्रो स्थानमा रहे । प्रतियोगितामा ७५ खेलाडी सहभागी थिए ।
यस प्रतियोगिमा प्रथम स्थानमा विजयी हुने खेलाडीहरूलाइ जनही पाँच हजार, दोश्रो हुनेलाइ तीन हजार र तेश्रो हुनेलाइ दुइ-दुइ हजारका दरले नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय पारा तथा विशेष खेलकूका संयोजक श्री पेमा डोल्मा लामा तथा विशेष अतिथि अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष श्री चतुरानन्द बैद्य र अन्य अतिथिहरू पारालम्पिक कमिटिका उपाध्यक्ष श्री टेकबहादुर, निवर्तमान अध्यक्ष डा. राजु ढकाल र नेपाल अपांग संघका अध्यक्ष श्री साम्देन लामाले वितरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश केसीले गर्नु भएको थियो भने, कार्यक्रम सञ्चालन महासचिव ज्ञानु पाण्डेले भर्नु भएको थियो ।
