ह्विलचेयर टेबलटेनिसमा डिगम र लालीले जिते स्वर्ण
असार २२ गते । काठमाडौँ । डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिस स्पर्धामा स्वर्ण पदक जितेका छन् । ह्विलचेयर सिंगल्सतर्फ डिगम र लाली विजेता भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल शारीरिक अपाङ्ग टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुषमा अर्पण सुनुवार दोस्रो तथा केशव थापा र बिरु ढुंगाना तेस्रो…
